Thursday, May 30, 2013
नेपाल टेलिकम ले सित्तैमा सिमकार्ड बाँड्दै
टेलिकमले आफ्नो मोबाइल सेवामा ग्राहक
विस्तारका लागि एसएलसीको परिक्षा दिएर
बसेका विद्यार्थीहरुलाई सित्तैमा सिमकार्ड
दिने योजना ल्याएको हो ।
जस अनुसार एसएलसी परिक्षा दिएर
बसेका विद्यार्थीहरुले टेलिकमको दुई सय
रुपैंया पर्ने जीएसएम तथा सीडीएमए
मोबाइलको सीम र रीम सित्तैमा पाउने
भएका छन्। टेलिकमले विद्यार्थीहरुलाई दुई सय
पर्ने सिम एकसयमा दिने बताएको छ ।
जसमा एकसयको नै टक भ्यालु हुन्छ ।
विद्यार्थीले तिर्ने रकम र टक भ्यालुको हिसाब
गर्दा विद्यार्थीलाई सीमकार्ड चैं
सित्तैमा मिल्ने भएको हो ।
विद्यार्थीहरुले यसरी मोबाइलको सीमकार्ड
लिनका लागि टेलिकमको सीमकार्ड लिन
आवश्यक पर्ने आवेदन र्फम का साथमा २०६९
को एसएलसीमा सहभागि भएको प्रवेशपत्र
को फोटोकपी बुझाउनु पर्छ ।
पुर्वी नेपालको विकट
पहाडी जिल्ला ताप्लेजुङमा नेपाल टेलिकमले
सित्तैमा मोबाइलको सिम दिने भएको छ ।
यसरी निशुल्क सिम भोली देखी असारको २५
गते सम्ममात्र उपलब्ध गराउने टेलिकमले
जनाएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment