Thursday, May 30, 2013

नेपाल टेलिकम ले सित्तैमा सिमकार्ड बाँड्दै

टेलिकमले आफ्नो मोबाइल सेवामा ग्राहक विस्तारका लागि एसएलसीको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई सित्तैमा सिमकार्ड दिने योजना ल्याएको हो । जस अनुसार एसएलसी परिक्षा दिएर बसेका विद्यार्थीहरुले टेलिकमको दुई सय रुपैंया पर्ने जीएसएम तथा सीडीएमए मोबाइलको सीम र रीम सित्तैमा पाउने भएका छन्। टेलिकमले विद्यार्थीहरुलाई दुई सय पर्ने सिम एकसयमा दिने बताएको छ । जसमा एकसयको नै टक भ्यालु हुन्छ । विद्यार्थीले तिर्ने रकम र टक भ्यालुको हिसाब गर्दा विद्यार्थीलाई सीमकार्ड चैं सित्तैमा मिल्ने भएको हो । विद्यार्थीहरुले यसरी मोबाइलको सीमकार्ड लिनका लागि टेलिकमको सीमकार्ड लिन आवश्यक पर्ने आवेदन र्फम का साथमा २०६९ को एसएलसीमा सहभागि भएको प्रवेशपत्र को फोटोकपी बुझाउनु पर्छ । पुर्वी नेपालको विकट पहाडी जिल्ला ताप्लेजुङमा नेपाल टेलिकमले सित्तैमा मोबाइलको सिम दिने भएको छ । यसरी निशुल्क सिम भोली देखी असारको २५ गते सम्ममात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ।

दस प्रतिशत ले गर्छन अफिसमै यौनक्रीडा । पत्याउनुहुन्छ ?

पत्त्याउनु हुन्छ ? दश प्रतिशतले गर्छन् अफिसमै यौनक्रिडा एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त रुप दिने गरेको बताएका छन् । ५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा ३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए । यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य कार्य नगरेको स्पष्टीकरण दिएका छन् । कतिपय मानिसहरु आफुले कार्यालयमा प्रेम तथा यौनजन्य काम नगरेपनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा रहेछन् । सर्भेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा यौनजन्य गतिविधि गर्ने गरेको सुइाको आफुले पाएको बताए । यद्यपि सर्भेक्षणको यो नतिजा सबै देशका सबै कार्यालयको हकमा नमिल्न सक्छ । तथापि यसले कार्यस्थलमा हुने रोमान्स तथा यौनजन्य गतिविधि बढिरहेको र समाजमा खुलापन बढिरहेको कुरालाई इंगित गर्ने बताइएको छ ।