Thursday, May 30, 2013

नेपाल टेलिकम ले सित्तैमा सिमकार्ड बाँड्दै

टेलिकमले आफ्नो मोबाइल सेवामा ग्राहक विस्तारका लागि एसएलसीको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई सित्तैमा सिमकार्ड दिने योजना ल्याएको हो । जस अनुसार एसएलसी परिक्षा दिएर बसेका विद्यार्थीहरुले टेलिकमको दुई सय रुपैंया पर्ने जीएसएम तथा सीडीएमए मोबाइलको सीम र रीम सित्तैमा पाउने भएका छन्। टेलिकमले विद्यार्थीहरुलाई दुई सय पर्ने सिम एकसयमा दिने बताएको छ । जसमा एकसयको नै टक भ्यालु हुन्छ । विद्यार्थीले तिर्ने रकम र टक भ्यालुको हिसाब गर्दा विद्यार्थीलाई सीमकार्ड चैं सित्तैमा मिल्ने भएको हो । विद्यार्थीहरुले यसरी मोबाइलको सीमकार्ड लिनका लागि टेलिकमको सीमकार्ड लिन आवश्यक पर्ने आवेदन र्फम का साथमा २०६९ को एसएलसीमा सहभागि भएको प्रवेशपत्र को फोटोकपी बुझाउनु पर्छ । पुर्वी नेपालको विकट पहाडी जिल्ला ताप्लेजुङमा नेपाल टेलिकमले सित्तैमा मोबाइलको सिम दिने भएको छ । यसरी निशुल्क सिम भोली देखी असारको २५ गते सम्ममात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ।

No comments:

Post a Comment