Tuesday, November 27, 2012

music-zone

2068 चैत्र मा हुने Icc cricket को सम्पुर्ण जानकारि को लागि यस पेज लाइक गर्नुस @[552337438126114:] र यस पेज मा सम्पुर्ण बिश्व को क्रिकेट जानकारि दिइन्छ । @[552337438126114:] कृपया लाइक गरि सहभागि हुनुहोस ।

Monday, November 26, 2012

फेसबुक सरकार

अब देश हामी ADMIN लै चलाउन दिनु पर्छ! हामी एती मजाले मिलेर एक अर्का लाई सहयोग गर्ने गरेका छौ .. ADMIN बाट सरकार बनाउनु पर्यो भने मेरो खुरापति डिमाग ले एस्तो बनायो .. Mahendra Basnet ब्रो- गृहमन्त्रि (बेला बेला केटा हरु लाई छाडा tag नगर भनेर थर्कौनु हुन्छ तही भर ) Page Creater-संचार मन्त्रि (टन्नै page छ भन्ने सुन्न मा आको छ .) B'jay Giri --बिना बिभागीए मन्त्रि ...:P Switch On ब्रो --परराष्ट्र मन्त्रि Ritu Thapa Magar--महिला हक हित मन्त्रि अब प्रधानमन्त्रि चै स्वतन्त्र हुनुपर्छ..येसो बुज्दै गयको ..मेरो PAGE नि छैन ..:P भने पछि सब भन्दा स्वन्त्रत्र त मै रैछु.. :P:P:P :D:D पुरा कमेन्ट पढ्न यहा जानुस Nabin Nepal

Monday, November 12, 2012

"गजल"

फुटेको घैटो ढुपौरो हून्न । बाँदर को पुच्छर लौरो हुन्न ।। सुकेपछि रुख बल्छ भन्दैमा । मरेको लास दाउरो हुन्न ।। बरु स्वास्नि ल्याउ घरभरि राख । धर्मपुत्र कैल्यै छोरो हुन्न ।। बिहेपछ स्वास्नि सँग माइत जाउ । घर ज्वाँइ बस्दैमा सबै कमारो हुन्न ।। लौरो सँग कुकुर को पुच्छर बादेर हेर । बाह्र बर्ष सम्म घुमाउरो हुन्न ।। मनोरथ अर्याल

Friday, November 2, 2012

अचम्म को प्रेम कथा (मनोरथ अर्याल)

अचम्मको प्रेम कथा "सत्य घटनामा आधारित" बिहानी पख ओछयानमा सुती रहेको रामको मोबाईलमा दुई पटक घण्टी बज्छ । अनि उसको निन्द्रा खुल्छ । कुन चै रैछ बिहान बिहानै मिसकल गर्ने । उ नम्बर हेर्न थाल्छ नम्बर नयाँ थियो । कसैलाई एमेरजेन्सी परेर मिसकल गरया हो की रिडायल गर्छ । उताबाट फोन रिसिभ गर्छ । हेलो...केटीको आवाज सुनिन्छ । एकछिन छक्क पर्छ । रमेशः यो नम्बरबाट मिसकल आएको थियो । त्यही भएर कल गरेको...हजुर को बोल्नु भएको । उताबाट जवाफ आउछः म निशा बोलेको....चिन्नु भएन हजुरले । रमेश फेरी एक पटक टोलाउछ । रमेशः को निशा...मैले चिनिन नि । निशाः हजुर पनि कस्तो कुरा गर्नु हुन्छ...चिनेर पनि नचिने झैं । रमेशः ल ल चिने भन्दै रमेशले फोन राख्छ । अनि गुन गुनाउछ....एक त निन्द्रा खराब साथमा दिमाग पनि खराब । भोली फेरी त्यही समयमा मिसकल हैन फोनै गर्छे निशाले । रमेशले कल रिसिभ गर्छ । रमेशः हेलो.... निशाः गुड मर्निङ्ग...। रमेशः गुड मर्निङ्ग....को बोल्नु भएको होला । निशाः म निशा बोले कि । रमेश फेरी झस्कन्छ । यसरी बित्दै जान्छ । त्यस पछिका दिनहरुमा दुई तर्फि फोन कल चल्न थाल्छ । एकले अर्काको बारेमा सोधी खोजी गर्छन । उनले अविवाहित भएको भन्छिन । यता रमेश पनि अविवाहित थियो । बिस्तारै यिनीहरुको माया पिरती बस्छ । फोन कल मै झण्डै एक बर्ष बित्यो पत्तै भएन रमेशलाई । रातको निन्द्रा पनि विस्तारै खोसिदै थियो रमेशको । माया पनि अचम्मको हुँदा रैछन । त्यसैले त भन्छनः मायाको कुनै रंग रुप हुदैन । कहा कति खेर कोसंग बस्छ । थाहै हुन्न । निशाको फोन आउछ । रमेशः हेलो निशा म तिम्रै फोन कलको प्रतिक्षा थिए । बल्ल मन ढुक्क भएर आयो । निशा तिम्रो बोली सुन्न नपाउदा म पानी बिनाको माछा झैं छटपटिने गर्छु । प्लीज फोन गर्दै गर्नु माया नमार्नु है निशा । रमेश एकहोरो बोली रहेको थियो । उताबाट निशा हेलो हेलो भन्दै थिए । एकोहोरो मायाको अघि कस्को के लाग्दो रैछ र । अनि रमेश झस्कन्छ । आफूलाई सम्हाल्न पुग्छ । म कस्तो पागल भएको है निशा । तिमीलाई बोल्नै मौका दिईन है । केही बोल निशा....रमेश आग्रह गर्छन । निशाः मेरो पनि त हजुरको जस्तै हाल छ नि...हजुरले भन्न पर्छ र । फोन लव चलेको पनि अर्को बर्ष पनि थाहै नपाई बितेछ तिनिहरुको । भेट नभएर फोनको भरमा माया पिरती बसेको अचम्म लाग्दो छ । एक अर्का बिना बाँच्नै नसकिने अवस्थामा पुगेका ती युगल जोडी समय र परिस्थितीले गर्दा भेट हुन सकेको थिएन । धेरै दिन भो निशाले फोन नगरेको । उ तडपि रहेको थियो । अनि आफैं फोन लगाउछ । रमेशः हेलो....केटाको आवाज सुनिन्छ । रमेशः निशालाई फोन दिन सकिन्छ । उताबाट एक्कासी जवाफ आउछः को बोलेको..। रमेशः म निशाको साथी..अनि हजुर .....रमेश बिनम्र पुर्वक सोध्दै थियो । ....म निशाको श्रीमान् बोलेको... रमेशः मजाक नगर्नुसन हजुर...प्लीज निशालाई फोन दिउन । ....म निशाको श्रीमान् भनेको सुन्दैन । यसरी भना भनमा धम्कीका भाषाहरु प्रयोग हुन थाल्छ । एकले अर्कोलाई च्यालेन्ज दिन्छ । माया पिरतीबाट शुरु भएको कहानी आज एक अर्कालाई सिध्याउने सम्म पुग्छ । यता मायामा घात भएको रनामा बौलाएको रमेशले के गर्लान स्थितीले मोडहरु बदल्दै थियो । केही दिन पछि निशाको श्रीमानले आफुबाट गल्ती भएको हुनाले माफीको लागी रमेशलाई आग्रह गर्दै थिए । तर रिस उठेको रमेशले निशालाईसंगै लिएर आए माफी दिने शर्त तेर्साउछ । उताबाट मन्जुर गरे पछि केही दिन पछि रमेशले दिउको स्थानमा ती दाम्पती जोडी आई पुग्छन । यता रमेशले साथीहरु तयारीमा राखेका छन । केही परेको खण्डमा आक्रमण गर्न । रमेश ती दाम्पती जोडी नजिक पुग्छ । परिचय हुन्छ । पहिलो पटक रमेशले निशालाई चिन्छ । उ छक्क पर्छ र केहि बेर टोलाउछ । निशाको श्रीमानले माफी माग्छ । रमेशले तिनीहरुलाई माफ गरी दिन्छ । रमेशले मनमा भएका धेरै कुराहरु खोल्ने कोशिश गर्दै थिए तर ती जोडीलाई देखेर किन किन रमेशको मन पग्लन्छ र आफुलाई सम्हाल्छ । रमेशले मन परेको र माया गरेको केटी रमेशको प्रेमी होईन.. ..अरुको जिवन साथी थियो । त्यसैले कसैको जिवन र भावनासंग खेलवाड गर्ने सोच...त्यसलाई परिवर्तन गरौं नत्र यस्ले ल्याउने परिणामको कल्पना ज्वालामुखी भन्दा कम खतरनाक हुने छैन । जिवन मजाक हैन...यसलाई सिरियसली लिऔ । लेखकः TB Pakhrin हालः काठमाण्डौ

चुटकिला by:- @ManorathAryal

हनिमुनको पहिलोदिन । प्रेमी: सरिता प्रेमिका: हजुर । प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ? प्रेमिका: सोधन । प्रेमः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ? प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ? प्रेमी: सोध न । प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ? अरु चुटकिला (click here)