Monday, November 12, 2012

"गजल"

फुटेको घैटो ढुपौरो हून्न । बाँदर को पुच्छर लौरो हुन्न ।। सुकेपछि रुख बल्छ भन्दैमा । मरेको लास दाउरो हुन्न ।। बरु स्वास्नि ल्याउ घरभरि राख । धर्मपुत्र कैल्यै छोरो हुन्न ।। बिहेपछ स्वास्नि सँग माइत जाउ । घर ज्वाँइ बस्दैमा सबै कमारो हुन्न ।। लौरो सँग कुकुर को पुच्छर बादेर हेर । बाह्र बर्ष सम्म घुमाउरो हुन्न ।। मनोरथ अर्याल

No comments:

Post a Comment