Friday, November 2, 2012

अचम्म को प्रेम कथा (मनोरथ अर्याल)

अचम्मको प्रेम कथा "सत्य घटनामा आधारित" बिहानी पख ओछयानमा सुती रहेको रामको मोबाईलमा दुई पटक घण्टी बज्छ । अनि उसको निन्द्रा खुल्छ । कुन चै रैछ बिहान बिहानै मिसकल गर्ने । उ नम्बर हेर्न थाल्छ नम्बर नयाँ थियो । कसैलाई एमेरजेन्सी परेर मिसकल गरया हो की रिडायल गर्छ । उताबाट फोन रिसिभ गर्छ । हेलो...केटीको आवाज सुनिन्छ । एकछिन छक्क पर्छ । रमेशः यो नम्बरबाट मिसकल आएको थियो । त्यही भएर कल गरेको...हजुर को बोल्नु भएको । उताबाट जवाफ आउछः म निशा बोलेको....चिन्नु भएन हजुरले । रमेश फेरी एक पटक टोलाउछ । रमेशः को निशा...मैले चिनिन नि । निशाः हजुर पनि कस्तो कुरा गर्नु हुन्छ...चिनेर पनि नचिने झैं । रमेशः ल ल चिने भन्दै रमेशले फोन राख्छ । अनि गुन गुनाउछ....एक त निन्द्रा खराब साथमा दिमाग पनि खराब । भोली फेरी त्यही समयमा मिसकल हैन फोनै गर्छे निशाले । रमेशले कल रिसिभ गर्छ । रमेशः हेलो.... निशाः गुड मर्निङ्ग...। रमेशः गुड मर्निङ्ग....को बोल्नु भएको होला । निशाः म निशा बोले कि । रमेश फेरी झस्कन्छ । यसरी बित्दै जान्छ । त्यस पछिका दिनहरुमा दुई तर्फि फोन कल चल्न थाल्छ । एकले अर्काको बारेमा सोधी खोजी गर्छन । उनले अविवाहित भएको भन्छिन । यता रमेश पनि अविवाहित थियो । बिस्तारै यिनीहरुको माया पिरती बस्छ । फोन कल मै झण्डै एक बर्ष बित्यो पत्तै भएन रमेशलाई । रातको निन्द्रा पनि विस्तारै खोसिदै थियो रमेशको । माया पनि अचम्मको हुँदा रैछन । त्यसैले त भन्छनः मायाको कुनै रंग रुप हुदैन । कहा कति खेर कोसंग बस्छ । थाहै हुन्न । निशाको फोन आउछ । रमेशः हेलो निशा म तिम्रै फोन कलको प्रतिक्षा थिए । बल्ल मन ढुक्क भएर आयो । निशा तिम्रो बोली सुन्न नपाउदा म पानी बिनाको माछा झैं छटपटिने गर्छु । प्लीज फोन गर्दै गर्नु माया नमार्नु है निशा । रमेश एकहोरो बोली रहेको थियो । उताबाट निशा हेलो हेलो भन्दै थिए । एकोहोरो मायाको अघि कस्को के लाग्दो रैछ र । अनि रमेश झस्कन्छ । आफूलाई सम्हाल्न पुग्छ । म कस्तो पागल भएको है निशा । तिमीलाई बोल्नै मौका दिईन है । केही बोल निशा....रमेश आग्रह गर्छन । निशाः मेरो पनि त हजुरको जस्तै हाल छ नि...हजुरले भन्न पर्छ र । फोन लव चलेको पनि अर्को बर्ष पनि थाहै नपाई बितेछ तिनिहरुको । भेट नभएर फोनको भरमा माया पिरती बसेको अचम्म लाग्दो छ । एक अर्का बिना बाँच्नै नसकिने अवस्थामा पुगेका ती युगल जोडी समय र परिस्थितीले गर्दा भेट हुन सकेको थिएन । धेरै दिन भो निशाले फोन नगरेको । उ तडपि रहेको थियो । अनि आफैं फोन लगाउछ । रमेशः हेलो....केटाको आवाज सुनिन्छ । रमेशः निशालाई फोन दिन सकिन्छ । उताबाट एक्कासी जवाफ आउछः को बोलेको..। रमेशः म निशाको साथी..अनि हजुर .....रमेश बिनम्र पुर्वक सोध्दै थियो । ....म निशाको श्रीमान् बोलेको... रमेशः मजाक नगर्नुसन हजुर...प्लीज निशालाई फोन दिउन । ....म निशाको श्रीमान् भनेको सुन्दैन । यसरी भना भनमा धम्कीका भाषाहरु प्रयोग हुन थाल्छ । एकले अर्कोलाई च्यालेन्ज दिन्छ । माया पिरतीबाट शुरु भएको कहानी आज एक अर्कालाई सिध्याउने सम्म पुग्छ । यता मायामा घात भएको रनामा बौलाएको रमेशले के गर्लान स्थितीले मोडहरु बदल्दै थियो । केही दिन पछि निशाको श्रीमानले आफुबाट गल्ती भएको हुनाले माफीको लागी रमेशलाई आग्रह गर्दै थिए । तर रिस उठेको रमेशले निशालाईसंगै लिएर आए माफी दिने शर्त तेर्साउछ । उताबाट मन्जुर गरे पछि केही दिन पछि रमेशले दिउको स्थानमा ती दाम्पती जोडी आई पुग्छन । यता रमेशले साथीहरु तयारीमा राखेका छन । केही परेको खण्डमा आक्रमण गर्न । रमेश ती दाम्पती जोडी नजिक पुग्छ । परिचय हुन्छ । पहिलो पटक रमेशले निशालाई चिन्छ । उ छक्क पर्छ र केहि बेर टोलाउछ । निशाको श्रीमानले माफी माग्छ । रमेशले तिनीहरुलाई माफ गरी दिन्छ । रमेशले मनमा भएका धेरै कुराहरु खोल्ने कोशिश गर्दै थिए तर ती जोडीलाई देखेर किन किन रमेशको मन पग्लन्छ र आफुलाई सम्हाल्छ । रमेशले मन परेको र माया गरेको केटी रमेशको प्रेमी होईन.. ..अरुको जिवन साथी थियो । त्यसैले कसैको जिवन र भावनासंग खेलवाड गर्ने सोच...त्यसलाई परिवर्तन गरौं नत्र यस्ले ल्याउने परिणामको कल्पना ज्वालामुखी भन्दा कम खतरनाक हुने छैन । जिवन मजाक हैन...यसलाई सिरियसली लिऔ । लेखकः TB Pakhrin हालः काठमाण्डौ

No comments:

Post a Comment