Thursday, October 4, 2012

गुगल सम्बन्धी केही सत्य ।

गुगलबारेका केही रोचक तथ्य

इन्टरनेट दुनियाको बादशाह समेत भनिने
सबैभन्दा ठूलो सर्च इन्जिन गुगल १४
वर्षको पुगिसकेको छ । आफ्नो १४ औँ
वाषिर्कोत्सवका बेला गुगलले बिहिबार
आफ्नो होमपेजमा मैनबत्तीले सजिएको एक केक
डुडल प्रस्तुत गरेको थियो । यो १४
वर्षमा गुगल प्रतिष्ठित कम्पनीमात्र
बनेको छैन इन्टरनेट
प्रयोगकर्ताका लागि अनिवार्य ज्ञान
भण्डारको रुपमा समेत परिचित बनेको छ ।
इन्टरनेटमार्फत केही जानकारी लिन
चाहनेका लागि गुगल पहिलो रोजाई बन्छ
अनी इन्टरनेटमा केही खोज्नका लागि गुगलमा
गएर सर्च गर्नु
सबैभन्दा सजिलो तथा भरपर्दो तरिका
बनिरहेको छ । आखिर यो महान इन्टरनेट सर्च
इन्जिनको इतिहास कस्तो छ त ?
यसबारेका केही तथ्य यसप्रकार छन् :
· सन् १९९६ मा ल्यारी पेज र सर्गेइ बि्रनले
एक अनुसन्धान
परियोजनाको रुपमा अमेरिकाको स्टानफोर्ड
कलेजमा गुगल सुरु गरेका हुन् तर
कम्पनीको रुपमा सन् १९९८ सेप्टेम्बर ४
मा गुगल दर्ता भएको हो ।
· अहिले गुगल कम्पनीमा विश्वभरी गरेर ३०
हजार कर्मचारी छन्
· गुगलमा १ टि्रलियन भन्दा बढि पेज आवद्ध
छन् जो हरेक महिना दोब्बर हुन्छन्
· विश्वमा ३० करोड मानिस गुगल तथा याहु
सर्च इन्जिन प्रयोग गर्छन्
· ५५ प्रतिशत अनलाइन खरीद केवल
सर्चको सिलसिलामा हुन्छन्
· इन्टरनेटमा ९० प्रतिशत ट्राफिक सर्च
इन्जिनहरुबाट हुने गर्छ
· इन्टरनेटमा गरिनेे खोजीको ७४.४ प्रतिशत
सर्च गुगल इन्जिन मार्फत नै हुने गर्छ
· गुगल डट कम नामक डोमेन १५ सेप्टेम्बर
१९९७ मा दर्ता भएको हो
One Comment on
“गुगलबारेका केही रोचक तथ्य”

1 comment: